निजी क्षेत्रको मनोबल बढाउन लचिलो मौद्रिक नीति : गभर्नर पौडेल

हिमाल प्रेस २३ असार २०८३ १६:४९ | Tuesday, July 7, 2026
4
SHARES
निजी क्षेत्रको मनोबल बढाउन लचिलो मौद्रिक नीति : गभर्नर पौडेल गभर्नर विश्‍वनाथ पौडेल

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर विश्‍वनाथ पौडेलले निजी क्षेत्रको मनोबल उच्च राख्न सावधानीपूर्वक अपनाइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मंगलबार सार्वजनिक गर्दै गभर्नर पौडेलले निजी क्षेत्रको लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले लचिलो नीतिगत दृष्टिकोणलाई कायम राखिएको बताएका हुन्।

उनले बाह्य कारणका कारण मुद्रास्फीतिमा केही दबाब देखिए पनि आगामी महिनामा त्यसमा क्रमशः सुधार आउने अपेक्षा व्यक्त गरे।

गभर्नर पौडेलका अनुसार हाल विदेशी विनिमय सञ्चितिको अवस्था सुदृढ रहेको र समष्टिगत आर्थिक सूचकहरू पनि अनुकूल अवस्थामा रहेकाले उच्च आर्थिक वृद्धिलाई टेवा पुर्‍याउन न्यून लागतको अर्थतन्त्र कायम राख्ने नीति अवलम्बन गरिएको छ।

‘निजी क्षेत्रको मनोबल उच्च राख्न यसअघि अवलम्बन गरिएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ,’ गभर्नर पौडेलले भने।

प्रकाशित: २३ असार २०८३ १६:४९ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast