कञ्चनपुरको हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती

हिमाल प्रेस २३ असार २०८३ १५:२२ | Tuesday, July 7, 2026
6
SHARES
कञ्चनपुरको हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती फाइल तस्बिर।

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सडकबत्ती जडानको काम सुरु गरिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत शुक्लाफाँटा नगरपालिकाको निकुञ्जसँग जोडिएका वडामा १०८ थान स्वचालित सडकबत्ती जडान कार्य अघि बढाइएको हो।

निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जंगली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

प्रदेशसभा सदस्य बहादुरसिंह थापाले बत्ती जडान कार्यले निकुञ्ज आसपासका बस्तीमा रातिको समयमा पर्याप्त उज्यालो हुँदा जंगली हात्तीको गतिविधि समयमै थाहा पाउन सकिने, स्थानीयवासीले आवश्यक सतर्कता अपनाउन सक्ने तथा जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए।

प्रकाशित: २३ असार २०८३ १५:२२ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast