सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : रास्वपा सचेतक धिताल

हिमाल प्रेस २३ असार २०८३ ६:२९ | Tuesday, July 7, 2026
6
SHARES
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : रास्वपा सचेतक धिताल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुमबासी व्यवस्थापनका नाममा राज्यले संवेदनहीनता प्रदर्शन गरेको भन्दै आपत्ति जनाएकी छन् ।

पछिल्लो समय सुकुमबासी बस्तीहरूमा भइरहेको घटनाक्रमलाई लिएर सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

सचेतक धितालले सडकमा बगिरहेका सुकुमबासीका आँसुले सबैलाई पोल्नुपर्ने बताइन् । सुकुमबासी समस्याको समाधान र व्यवस्थापन अनिवार्य भए तापनि सरकारले चालेको कदम चुनावी वाचापत्र र मानवीय संवेदना विपरीत रहेको उनको तर्क छ।

‘आज सडकमा बगिरहेका सुकुमबासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुमबासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो, तर के यो हाम्रो वाचापत्र अनुसार भयो रु के अभिभावकीय राज्य यस्तै हुन्छ रु’ उनले प्रश्न गरिन् ।

धितालले भनिन्, ‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो।’

राज्यले नागरिकका आधारभूत समस्या समाधान गर्दा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै योजनाविहीन ढंगले अघि बढ्दा सुकुमबासीहरू थप पीडामा परेको उनको निष्कर्ष छ।

रास्वपाले सुरुदेखि नै सुकुमबासी समस्यालाई दिगो र मानवीय ढङ्गले समाधान गर्नुपर्ने आवाज उठाउँदै आएको सन्दर्भमा सांसद धितालको यो टिप्पणी गरेकी हुन्।

प्रकाशित: २३ असार २०८३ ६:२९ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast