बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ‘ह्विप’

हिमाल प्रेस २० असार २०८३ १५:५६ | Saturday, July 4, 2026
10
SHARES
बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ‘ह्विप’

मकवानपुर- नेपाली कांग्रेसले बागमती प्रदेश सरकारले ल्याएको बजेटको पक्षमा मतदात गर्न ह्विप जारी गरेको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको शनिबार हेटौँडामा बसेको बैठकले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकमा पार्टी महामन्त्री गुरुराज घिमिरे आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए।

नेपाली कांग्रेसले नेकपा (एमाले) सँगको समन्वयमा प्रदेशसभामा बजेट प्रस्तुत गरेको हो।

त्यसअघि दुवै पार्टीका संसदीय दलले नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरेका थिए।

प्रकाशित: २० असार २०८३ १५:५६ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast