काठमाडौँ- मुग्लिन–नारायणघाट सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार बिहान ११:४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६, पानीधारामा पहिरो गएको हो।
सडक खुला नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रकाशित: १८ असार २०८३ १२:५४ | Thursday, July 2, 2026
प्रतिक्रिया




