पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक

हिमाल प्रेस १७ असार २०८३ ११:३७ | Wednesday, July 1, 2026
6
SHARES
पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौँ- धादिङको इच्छाकामना गाउँपालिका ५, तुइनखोलामा आज (बुधबार) बिहान सुक्खा पहिरो खस्दा ‍बन्द मुग्लिन-नारायणगढ सडक खुलेको छ।

सडक डिभिजन भरतपुरले आज बिहान ११:१५ बजे सूचना जारी गरी पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिएको हो।

आज बिहान करिब १०:४० बजे तुइनखोलामा सुक्खा पहिरो खस्दा दुवैतर्फ यातायात बन्द भएको थियो। तर सडक डिभिजन भरतपुरले तत्काल हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाएर १ घण्टाभन्दा कम समयमै सडक खुलाएको हो।

प्रकाशित: १७ असार २०८३ ११:३७ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast