मधेश प्रदेशसभा बैठक बस्दै

हिमाल प्रेस १७ असार २०८३ १०:४१ | Wednesday, July 1, 2026
10
SHARES
मधेश प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम- मधेश प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ।

विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ः०० बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको उनले बताए।

मधेश प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ। मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए। रासस

प्रकाशित: १७ असार २०८३ १०:४१ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast