यी हुन् विश्वकपबाट बाहिरिएका २० टोली

हिमाल प्रेस १६ असार २०८३ १६:१० | Tuesday, June 30, 2026
6
SHARES
यी हुन् विश्वकपबाट बाहिरिएका २० टोली

काठमाडौँ- सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गरिरहेका ४८ राष्ट्रमध्ये २० टोली प्रतियोगिताबाट बाहिरिएका छन्। सुरुका १६ बाहिरिने टोलीमध्ये १२ टोली आफ्ना-आफ्ना समूहको पुछार (चौथो स्थान) मा रहेर बाहिरिएका हुन्।

यसरी बाहिरिनेमा चेक गणतन्त्र, कतार, हाइटी, टर्की, कुरासाओ, ट्युनिसिया, न्युजिल्यान्ड, साउदी अरेबिया, इराक, जोर्डन, उज्बेकिस्तान र पनामा छन्।

समूह चरणमा तेस्रो स्थानमा रहने टोलीहरूमध्ये सबैभन्दा कमजोर प्रदर्शन गरेका इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे पनि अन्तिम ३२ मा पुग्न असफल हुँदै बाहिरिए।

नकआउट चरणको अन्तिम ३२ (राउन्ड अफ ३२) मा पराजित भएपछि दक्षिण अफ्रिका, जापान, जर्मनी र नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिने पहिलो चार टोली बनेका छन्।

 

विश्वकपबाट बाहिरिएका टोली

टर्की
हाइटी
न्युजिल्यान्ड
ट्युनिसिया
जोर्डन
पनामा
कतार
चेक गणतन्त्र
कुरासाओ
साउदी अरेबिया
इराक
उज्बेकिस्तान
इरान
दक्षिण कोरिया
स्कटल्यान्ड
उरुग्वे
दक्षिण अफ्रिका
जापान
जर्मनी
नेदरल्यान्ड्स

प्रकाशित: १६ असार २०८३ १६:१० | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast