विश्वकप फुटबल नि:शुल्क प्रसारणको व्यवस्था गर्न सांसद प्रमेश हमालको माग

हिमाल प्रेस २ असार २०८३ १२:१८ | Tuesday, June 16, 2026
26
SHARES
विश्वकप फुटबल नि:शुल्क प्रसारणको व्यवस्था गर्न सांसद प्रमेश हमालको माग

काठमाडौँ- नेकपाका सांसद प्रमेश हमालले जारी फिफा विश्वकप-२०२६ नेपालमा नि:शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै उनले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थाप्रति आपत्ति जनाए।

‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ,’ उनले भने, ‘अब त मनोपोलीले पर्याप्त आम्दानी पनि गरिसकेको होला, त्यसैले नेपाल सरकारले आफ्नै टेलिभिजन च्यानलमार्फत नागरिकलाई निःशुल्क हेर्न पाउने व्यवस्था गर्नुपर्छ।’

सांसद हमालले यसै क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते संसदमा दिएको भनाइ रेकर्डबाट हटाउन पनि माग गरे। उक्त विषयमा लामो समयदेखि विरोध हुँदै आए पनि सभामुखले बेवास्ता गरेको उनको आरोप थियो।

‘प्रधानमन्त्रीको भनाइ हटाइनुपर्छ, यतिका दिनसम्म हामीले विरोध गर्दा पनि सभामुखले ध्यान दिनुभएको छैन,’ उनले भने।

प्रकाशित: २ असार २०८३ १२:१८ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast