नेपाल-भारतबीच आभूषण व्यापार सहकार्यका विषयमा छलफल

हिमाल प्रेस १६ असार २०८३ १३:१६ | Tuesday, June 30, 2026
14
SHARES
नेपाल-भारतबीच आभूषण व्यापार सहकार्यका विषयमा छलफल

काठमाडौँ- भारतको रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषद्‌का इन्टरनेशनल इभेन्ट्सतर्फका असिस्टेन्ट डाइरेक्टर अजय पुरोहितले डिल्लीबजारस्थित कन्काई सुनचाँदी गहना एन्ड ज्वेलरीको अवलोकन गर्दै नेपाल-भारतबीच आभूषण व्यापार सहकार्यका विषयमा छलफल गरेका छन्।

भेटका क्रममा कन्काई ज्वेलरीका सञ्चालक तथा नेपाल रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीबीच सुनचाँदी तथा आभूषणको आयातनिर्यात, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, प्रदर्शनीमा संयुक्त सहभागिता र व्यवसायीबीच सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको थियो।

असिस्टेन्ट डाइरेक्टर पुरोहितले नेपाल र भारतको रत्न तथा आभूषण क्षेत्रबीच सहकार्यको पर्याप्त सम्भावना रहेको बताउँदै नियमित संवाद, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय प्रदर्शनीमा संयुक्त सहभागिताले व्यापार विस्तारमा टेवा पुग्ने धारणा राखे।

लकान्द्रीले नेपाली आभूषण व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न परिषद् जस्ता संस्थासँगको सहकार्य आवश्यक रहेको बताए।

उनले सीप विकास, आधुनिक प्रविधिको प्रयोग, डिजाइन आदानप्रदान र नयाँ बजारको खोजीमा संयुक्त पहल आवश्यक रहेको धारणा राखे।

छलफलमा आगामी दिनमा संयुक्त कार्यक्रम, प्रदर्शनी, व्यवसायिक भ्रमण तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि सकारात्मक सहमति भएको छ।

प्रकाशित: १६ असार २०८३ १३:१६ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast