सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको राष्ट्रिय सम्मेलन काठमाडौँमा

हिमाल प्रेस १५ असार २०८३ १५:०५ | Monday, June 29, 2026
14
SHARES
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको राष्ट्रिय सम्मेलन काठमाडौँमा

काठमाडौँ- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दुईदिने राष्ट्रिय सम्मेलनको शिक्षाविद् केदारभक्त माथेमाले सोमबार काठमाडौँमा उद्घाटन गरेका छन्।

उनले सम्मेलनमा शिक्षाको राष्ट्रिय प्राथमिकता, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, सरोकारवाला र अभिभावकको भूमिकाबारे धारणा राखे।

प्राज्ञ माथेमाले सामुदायिक विद्यालयले समाजका हरेक तप्कालाई जोड्ने भएकाले अपनत्व विकास र सुधारमा निरन्तर लाग्नुपर्ने बताए।

कार्यक्रममा शिक्षाविज्ञ डा.विष्णु कार्कीले विद्यालय शिक्षाको राष्ट्रिय प्राथमिकता र अभिभावकको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

शिक्षा विशेषज्ञ डा.विद्यानाथ कोइरालाले कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षक र अभिभावक इमानदार हुनुपर्ने बताए।

अभिभावक महासंघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले दुर्गमका गरिब बालबालिकाका लागि राज्यले गुणस्तरीय शिक्षाको हक प्रदान गर्नुपर्ने बताए।

कार्यक्रममा महसंघका संस्थापक अध्यक्ष कृष्ण थापालगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: १५ असार २०८३ १५:०५ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast