अमेरिका र इरान तनाव कम गर्न सहमत

हिमाल प्रेस १५ असार २०८३ १३:०० | Monday, June 29, 2026
16
SHARES
अमेरिका र इरान तनाव कम गर्न सहमत होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिका र इरान तनाव गर्न सहमत भएका छन्।

पछिल्ला केही दिनहरूमा इरान र अमेरिकाबीच भएका आक्रमणहरूपछि दुवै देश तनाव कम गर्न र ‘पछाडि हट्न’ सहमत भएका हुन्।

यो सहमति स्ट्रेट अफ होर्मुज र त्यस आसपास भएका शृंखलाबद्ध आक्रमणहरूपछि बनेको हो।

यी घटनारूपछि दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए।

यो सहमतिपछि अब जहाजहरू समुद्री मार्गबाट ‘स्वतन्त्र रूपमा’ आवतजावत गर्न सक्ने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ती अमेरिकी अधिकारीले युद्ध अन्त्य गर्ने उद्देश्यका साथ नयाँ वार्ताहरू जारी रहने पनि बताएका छन्।

स्ट्रेट अप होर्मुजमा आक्रमण रोक्ने सहमतिबारे इरानले हालसम्म कुनै टिप्पणी गरेको छैन।

जुन १७ मा अमेरिका र इरानले १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। सहमतिपत्रमा ‘सबै मोर्चामा सैन्य कारबाही तुरुन्त र स्थायी बन्द गर्ने’ प्रावधान समावेश गरिएको थियो।

प्रकाशित: १५ असार २०८३ १३:०० | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast