उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

हिमाल प्रेस १४ असार २०८३ १७:१७ | Sunday, June 28, 2026
10
SHARES
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ – कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ। यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए।

‘कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ। तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन,’ उनले भने, ‘सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले संक्रमण सारेको छ।’

महानिर्देशक दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउँछन्।

कागमा देखिएको संक्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ रहेको छ।

‘काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन। अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ। कागको सुलिले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ,’ उनले भने।

हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ। उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको संक्रममण देखिएको छ।

महानिर्देशक दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ। बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो।

उनले उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए।

विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: १४ असार २०८३ १७:१७ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast