सुनुवारकाे जिर्मा सार्वजनिक

हिमाल प्रेस १४ असार २०८३ १५:१६ | Sunday, June 28, 2026
22
SHARES
सुनुवारकाे जिर्मा सार्वजनिक

काठमाडौँ- सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका शनिबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच विमोचन गरिएको छ। कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारले  कवयित्री तारादेवी सुनुवारद्वारा लिखित १०१ वटा फुटकर कविताको सङ्ग्रह ‘जिर्मा’ को समेत लोकार्पण गरेका थिए।

मन्त्री सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्दै समाज तथा राष्ट्र निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। उनले समाजले आगामी दिनमा पनि समुदायको प्रतिष्ठा अझ उच्च बनाउन निष्ठापूर्वक काम गर्ने विश्वास व्यक्त गर्दै सुनुवार समुदायको जनसङ्ख्या सङ्ख्याका आधारमा कम भए पनि राष्ट्रिय भाव र देशप्रतिको सेवामा सधैँ अग्रसर रहेको जनाए।

समाजका अध्यक्ष अमरदीप सुनुवारले राज्य तथा राष्ट्र निर्माणमा सुनुवार समुदायका राष्ट्रसेवक कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे। समाजद्वारा प्रकाशित दोस्रो स्मारिकाले समुदायको योगदान, अनुभव, इतिहास तथा सिर्जनात्मक गतिविधिलाई दस्तावेजीकरण गर्ने उद्देश्य राखेको उनले जानकारी दिए।

लोकार्पित कविता सङ्ग्रह बारे बोल्दै तारादेवी सुनुवारले ‘जिर्मा’ आफ्नै समाजलाई बुझ्ने, पढ्ने र अनुभूति गर्ने क्रममा सिर्जना भएका कविताहरूको सङ्ग्रह भएको बताइन्। समाज अध्ययनका क्रममा भेटिएका विषयवस्तुलाई कवितामा उतारेको जनाउँदै उनले सुनुवार जातिको संस्कार, संस्कृति र ऐतिहासिकतालाई केन्द्रमा राखेर यी कविताहरूले आदिवासीको सुगन्धलाई प्रतिनिधित्व गरेको स्पष्ट पारिन्।

उक्त कृतिमाथि डा. अशोक थापा, कुमारी लामा र कवि अमरदीप सुनुवारले ‘जिर्मा’ ले सुनुवार समुदायको भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनका विविध पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको बताए।

प्रकाशित: १४ असार २०८३ १५:१६ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast