‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा

हिमाल प्रेस २१ असार २०८३ १२:३९ | Sunday, July 5, 2026
4
SHARES
‘जिर्मा’ कविता संग्रहमाथि परिचर्चा

काठमाडौँ- नागार्जुन वाङ्‌मय प्रतिष्ठानको आयोजनामा कवि तारादेवी सुनुवारको नवीनतम कविता संग्रह ‘जिर्मा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। राजधानीमा आयोजित उक्त कार्यक्रममा साहित्यकार, विश्लेषक तथा प्रबुद्ध व्यक्तित्वहरूले कृतिको वैचारिक र साहित्यिक पक्षमाथि गहन विमर्श गरेका थिए।

कार्यक्रममा प्रमुख टिप्पणीकारका रूपमा बोल्दै राजनीतिक विश्लेषक तथा साहित्यकार आहुतिले ‘जिर्मा’ कविता संग्रहलाई पहिचानको मुद्दासँग जोडेर विश्लेषण गरे। उनले भने, ‘पहिचान भनेको भाषा, संस्कृति र सभ्यताको समष्टि रूप हो। जबसम्म हामीले आफ्नो भाषा, संस्कृति र सभ्यता बचाउन सक्दैनौँ, तबसम्म हाम्रो पहिचान रहन सक्दैन।”

अर्का टिप्पणीकार प्राध्यापक डा. जगदीशचन्द्र भण्डारीले ‘जिर्मा’ कविताभित्रको बहुआयामिकतामाथि प्रकाश पारे। कविता संग्रहभित्र सीमान्तकृत स्वर, वैयक्तिक एवं वर्गीय प्रेम र सामाजिक विकृति लगायतका विविध विषय समेटिएको चर्चा गर्दै डा. भण्डारीले भने, ‘नेपाली साहित्यको पहिचानवादी आन्दोलनमा यो कविता संग्रह आफैँमा एउटा बलियो दस्तावेजका रूपमा स्थापित हुनेछ।’

कार्यक्रममा कृतिकार कवि तारादेवी सुनुवारले आफ्ना केही प्रतिनिधि कविताहरू वाचन गरेर सुनाएकी थिइन्। आफ्ना सिर्जनाको रचनागर्भबारे उनले भनिन्, ‘यी कविताहरू मैले फरक-फरक कालखण्डमा लेखेकाले यसभित्र विविध विषयवस्तु र परिवेश समेटिएका छन्।’

प्रकाशित: २१ असार २०८३ १२:३९ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast