काठमाडौँ- सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: १४ असार २०८३ ११:०४ | Sunday, June 28, 2026
प्रतिक्रिया




