म्याग्दीमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

हिमाल प्रेस १३ असार २०८३ १३:३६ | Saturday, June 27, 2026
6
SHARES
म्याग्दीमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी- जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१-००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका-३ का ३० वर्षीय राजेश घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्कीको शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रकाशित: १३ असार २०८३ १३:३६ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast