विश्वकप लिग-२ : क्यानले सार्वजनिक गर्यो खेलाडी सूची, विनोद भण्डारी र अर्जुन कुमाल पनि टिममा

हिमाल प्रेस १३ असार २०८३ ६:२५ | Saturday, June 27, 2026
6
SHARES
विश्वकप लिग-२ : क्यानले सार्वजनिक गर्यो खेलाडी सूची, विनोद भण्डारी र अर्जुन कुमाल पनि टिममा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्समा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि शुक्रबार १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।

क्यानका अनुसार टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ।

टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी समावेश छन्।

त्यसैगरी, सुन्दीप जोरा, शाहाब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको क्यानले जनाएको छ।

प्रकाशित: १३ असार २०८३ ६:२५ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast