काठमाडौँमा सुकुम्वासीहरूको प्रदर्शन

हिमाल प्रेस १२ असार २०८३ १५:१४ | Friday, June 26, 2026
6
SHARES
काठमाडौँमा सुकुम्वासीहरूको प्रदर्शन

काठमाडौँ- सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ।

सुकुम्वासीहरुको व्यवस्थापन नै नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ। गत वैशाखमा उपत्यकाभित्रका नदी किनाराका सुकुम्वासी बस्तीहरू हटाएसँगै उनीहरुलाई होल्डिङ सेन्टरमा राखिएको थियो।

सुकुम्वासीहरूलाई तत्कालका लागि घर भाडा उपलब्ध गराइने भन्दै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी भएपछि होल्डिङ सेन्टरमा बस्दै आएकाहरुले विरोध जनाएका हुन्।

उनीहरुले ‘सुकुम्वासीमाथि भएको राज्य आतंक बन्द गर, भत्काइएका सुकुम्वासीको घरटहराको क्षतिपूर्ति दे, सुकुम्वासीको पहिचान गरी पुनस्र्थापना गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वैकल्पिक व्यवस्था नदिई सुकुम्वासीहरुलाई होल्डिङ सेन्टरबाट पनि हटाएर अलपत्र पार्न खोजिएको भन्दै आन्दोलन गर्नु परेको संघर्ष समितिले जनाएको छ।

उनीहरुले सरकारले आफूहरुको उचित व्यवस्थापन नगरे पुनः पुरानै ठाँउमा गएर बस्ने चेतावनी दिएका छन्।

प्रकाशित: १२ असार २०८३ १५:१४ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast