सुनको मूल्यमा सामान्य वृद्धि

हिमाल प्रेस १२ असार २०८३ ११:४२ | Friday, June 26, 2026
10
SHARES
सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ- बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ।

आज सुनको मूल्य प्रतितोला रु दुई लाख ७९ हजार १०० र एक तोला चाँदीको मोल रु चार हजार १८० निर्धारण भएको छ।

हिजो बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार २३५ मा कारोबार भएको थियो।

गत बुधबार एक तोला सुनको मूल्य रु दुई लाख ८३ हजार ५०० र चाँदी रु चार हजार ४८५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

प्रकाशित: १२ असार २०८३ ११:४२ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast