रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले

हिमाल प्रेस १२ असार २०८३ ९:१७ | Friday, June 26, 2026
10
SHARES
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अन्य नेताको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। ​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए।

रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक महिला अनिवार्यसहित २ जना चुनिनेछन् भने १ जना सभापतिबाट मनोनयन हुनेछन्।

प्रकाशित: १२ असार २०८३ ९:१७ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast