जापान र स्वीडेनको बराबरीले खुल्यो नकआउटको ढोका

हिमाल प्रेस १२ असार २०८३ ७:१४ | Friday, June 26, 2026
22
SHARES
जापान र स्वीडेनको बराबरीले खुल्यो नकआउटको ढोका

काठमाडौँ- जापान र स्वीडेनले बराबरी खेल्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान सम्पन्न समूह ‘एफ’ अन्तर्गतको खेल १–१ गोलको बराबरीमा सकिएको हो।

यो नतिजासँगै जापान समूहको उपविजेता तथा स्वीडेन उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गर्न सफल भएका हुन्।

खेलको ५६औं मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। तर, त्यसको मात्र छ मिनेटपछि एन्थोनी एलान्गाले स्वीडेनका लागि बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए।

बराबरीसँगै जापानले तीन खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’ को उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनायो। स्वीडेनले ४ अंकसहित उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम ३२ को यात्रा तय गर्‍यो।

योसँगै जापान लगातार तेस्रो विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ। सन् २०१८, २०२२ र २०२६ मा अन्तिम ३२ मा स्थान बनाएको जापान यसअघि २००२ र २०१० मा पनि समूह चरण पार गर्न सफल भएको थियो।

यता, सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको स्वीडेनले यसपटक पुनरागमन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

प्रकाशित: १२ असार २०८३ ७:१४ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast