दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा

हिमाल प्रेस ११ असार २०८३ १२:०७ | Thursday, June 25, 2026
4
SHARES
दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा

काठमाडौँ- दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलोपटक प्रवेश गरेको छ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा बिहीबार भएको समूह ‘ए’अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलोपटक प्रवेश गरेको हो।

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले गोल गरे। उनले खेलको ६३औँ मिनेटमा गरेको एक गोल नै दक्षिण अफ्रिकाको निर्णायक गोल सावित भयो।

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले पहिलोपटक समूह चरण पार गरेको हो। यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको थियो तर समूह चरण भने पार गर्न सकेको थिएन।

जितसँगै दक्षिण अफ्रिका समूह ‘ए’ मा ४ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकाउट चरणमा पुगिको छ।

प्रकाशित: ११ असार २०८३ १२:०७ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast