रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान

हिमाल प्रेस १० असार २०८३ ११:५४ | Wednesday, June 24, 2026
16
SHARES
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बुधबार हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम र तस्बिर राखेर मतदान गराइने छ।

मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरु खटिइरहेको जानकारी दिँदै उनले नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने बताए।

निर्वाचनमा ४०० भन्दाबढीले उम्मेदवारी दिएका छन् । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ।

मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए। पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ।

प्रकाशित: १० असार २०८३ ११:५४ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast