अमेरिका–इरान सम्झौताबारे के भन्यो भारतले?

हिमाल प्रेस ९ असार २०८३ २०:१३ | Tuesday, June 23, 2026
6
SHARES
अमेरिका–इरान सम्झौताबारे के भन्यो भारतले?

काठमाडौँ- अमेरिका र इरानबीच भएको सम्झौतालाई लिएर भारतले प्रतिक्रिया दिएको छ। सम्झौताबारे प्रतिक्रिया दिँदै भारतले आशावादी कदम भनेको हो।

ब्रिक्सको बैठकमा होर्मुज स्ट्रेट खुल्नु एक सकारात्मक कदम भएको बताइएको छ। पश्चिम एसियाको हालैको घटनाक्रमहरुका बीच नयाँदिल्लीमा ब्रिक्स देशहरुको महत्वपूर्ण बैठक आयोजना गरिएको छ। दुई दिनसम्म चल्ने यो बैठकमा विश्वको सुरक्षा व्यवस्थाको समीक्षा समेत गरिने बीबीसीले जनाएको छ।

ब्रिक्स समूहको देशहरुको राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकको आतिथ्य गर्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रतिक्रिया दिएका हुन्।

उनले भने,‘अमेरिका र इरानबीच भएको सम्झौताको भारत स्वागत गर्दछ। हामी सावधानीपूर्वक आशावादी हुँदै अगाडि बढिरहेका छौँ। हामीलाई आशा छ कि यो सफल हुनेछ। यसले ऊर्जा सुरक्षामा मद्त पुर्‍याउनेछ।’

होर्मुज स्ट्रेट सञ्चालनमा आउनु सकारात्मक कदम रहेको बताउँदै उनले यसले आपूर्ति शृंखलामा रहेका अवरोधहरु हटाउने उल्लेख गरे। मल र रसायन जस्ता क्षेत्रमा देखिएका समस्याहरु पनि कम हुने उनको भनाइ छ।

डोभालले विश्वका विभिन्न भागहरुमा बढ्दै गएको भूराजनीतिक तनाव र त्यसले विभिन्न देशहरुमा परेको असरबारे पनि चर्चा गरे।

हाल भारतले ब्रिक्स समूहको अध्यक्षता गरिरहेको छ। ब्रिक्सलाई पहिले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूहको रुपमा चिनिन्थ्यो।

तर, सन् २०२४ मा यसको विस्तार गरियो, जसमा इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब एमिरेट्स सामेल भए। त्यसपछि सन् २०२५ मा इन्डोनेसिया पनि यस समूहमा आवद्ध भयो।

प्रकाशित: ९ असार २०८३ २०:१३ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast