पछिल्लो ८-१० वर्षमा कांग्रेसलाई छियाछिया पारियो : सभापति थापा

हिमाल प्रेस ९ असार २०८३ १५:०५ | Tuesday, June 23, 2026
14
SHARES
पछिल्लो ८-१० वर्षमा कांग्रेसलाई छियाछिया पारियो : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८-१० वर्षमा नेपाली कांग्रेसलाई छियाछिया पारिएको भन्दै पार्टीभित्रका नेताहरूप्रति कटाक्ष गरेका छन्।

झापामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी निर्माणको अभियानमा रहेका बेला विभिन्न प्रस्ताव र अवरोध आउँदा पनि त्यसलाई नटेरेर अघि बढ्ने बताए।

उनले भने, ‘बीपी कोइरालाले बनाएको पार्टीलाई ८-१० वर्षमा छियाछिया पारियो। यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी अनेक प्रस्ताव आउँछ भने मानिँदैन। नमानेरै अघि बढ्ने हो। हामी पार्टी बनाउन आएका छौं।’

नेताकार्यकर्तालाई थापाले महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे। उनले सिस्टमले नचिनेका व्यक्तिहरूलाई मतदान अधिकार नहुने बताए।

उनले भने,‘सबै नेताहरूले महाधिवेशन भाग लिनुहोला अनि मलाई क्षमा पनि गर्नुहोला। अध्यावधिक नगर्नु भएको नेतालाई म सम्मान गर्छु। तर सिस्टमले चिन्दैन। भोट हाल्न पाउनुहुन्न,’उनले थपे,‘अब वडाको अधिवेशन सुरु हुन्छ। क्षमा गर्नुहोला- अध्यावधिक नगर्नु भएका साथीहरूको नाम सिस्टममा आउँदैन।’

प्रकाशित: ९ असार २०८३ १५:०५ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast