गृहमन्त्री गुरुङमाथि आक्रमण भएको हो? यस्तो छ वास्तविकता

हिमाल प्रेस ९ असार २०८३ १४:४१ | Tuesday, June 23, 2026
112
SHARES
गृहमन्त्री गुरुङमाथि आक्रमण भएको हो? यस्तो छ वास्तविकता

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारहरू भ्रामक र कपोलकल्पित भएको गृहमन्त्रीको सचिवालयले बताएको छ।

गृहमन्त्रीमाथि आक्रमण भएको भन्ने कुनै पनि घटना नभएको उल्लेख गर्दै यस्ता आधारहीन समाचारप्रति विश्वास नगर्न सर्वसाधारण तथा सञ्चार माध्यमहरूलाई सचिवालयले आग्रह गरेको छ।

‘गृहमन्त्रीमाथि आक्रमण भएको भन्ने समाचार पूर्ण रूपमा भ्रामक र कपोलकल्पित हुन्। यस्ता गलत सूचनामा विश्वास नगर्न सम्पूर्ण सञ्चार माध्यम तथा आम नागरिकलाई अनुरोध गर्दछौं,’ सचिवालयले जनाएको छ।

प्रकाशित: ९ असार २०८३ १४:४१ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast