रास्वपामा शीर्ष तीन पद टुंगियो

हिमाल प्रेस ९ असार २०८३ १४:३१ | Tuesday, June 23, 2026
188
SHARES
रास्वपामा शीर्ष तीन पद टुंगियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा पार्टी नेतृत्वका शीर्ष तीन पदमा सर्वसम्मति टुंगिएको छ। स्रोतका अनुसार सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा वालेन्द्र शाह र उपसभापतिमा स्वर्णिम वाग्लेको नाम तय भइसकेको छ।

तीन दिनदेखि चितवनमा जारी महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ। बन्द सत्रको पूर्वसन्ध्यामा नेतृत्व तहका प्रमुख पदमा सहमति जुटेको हो।

त्यसपछि बाँकी पदहरूमा भने लोकतान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धा हुने भएको छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुने तयारी छ।

स्रोतका अनुसार पार्टीभित्र नीति, नेतृत्व र नियत सबै सकारात्मक रहेको र अब संगठनात्मक संरचनामा प्रतिस्पर्धाबाट योग्य नेतृत्व छनोट हुनेछ।

महाधिवेशनमा केही ढिलाइ भए पनि त्यसलाई सामान्य प्रक्रियागत विषयका रूपमा लिइएको नेताहरूले बताएका छन्।

प्रकाशित: ९ असार २०८३ १४:३१ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast