रास्वपा महाधिवेशन : मतदान बुधबार

हिमाल प्रेस ९ असार २०८३ १३:४० | Tuesday, June 23, 2026
8
SHARES
रास्वपा महाधिवेशन : मतदान बुधबार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मंगलबारको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ।

मंगलबार दिउँसो २:०० बजे बन्दसत्र सुरु हुने र ६:४५ मा समापन हुनेछ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ।

महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’ बाट मतदान गर्ने व्यवस्था गरिँदैछ।

८० वटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिए।

उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन्।

प्रकाशित: ९ असार २०८३ १३:४० | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast