काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोलामा एक हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ६ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४० रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ९ असार २०८३ ११:१२ | Tuesday, June 23, 2026
प्रतिक्रिया




