बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

हिमाल प्रेस ८ असार २०८३ १५:२५ | Monday, June 22, 2026
12
SHARES
बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

काठमाडौँ- बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदबाट राजीनामा दिएका छन्।

आफ्नै पार्टीभित्र दबाब बढेपछि स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले लेबर पार्टीको नेताबाट समेत राजीनामा दिएका छन्।

१० डाउनिङ स्ट्रिटमा आफ्नो निर्णयबारे जानकारी दिँदै उनले पार्टीभित्रै आफ्नो नेतृत्वबारे प्रश्न उठेको बताए।

आफूले देशलाई सबैभन्दा माथि राखेर निर्णय लिएको उनको भनाइ छ।

स्टार्मरले भने,‘म लेबर पार्टीको नेता पदबाट राजीनामा दिनेछु।’ उनले सोमबार बिहान बेलायतका राजासँग कुरा गरेर आफ्नो राजीनामाको निर्णयबारे जानकारी गराएका थिए।

उनले लेबर पार्टीको राष्ट्रिय कार्यसमितिले ९ जुलाईदेखि नेतृत्वको प्रक्रिया सुरु गर्ने जानकारी दिए। पार्टीको नयाँ नेता चयन नहुँदासम्म आफू प्रधानमन्त्री पदमा बहाल रहने स्टार्मरको भनाइ छ।

स्टार्मरमाथि असफल आर्थिक नीति र स्थानीय निर्वाचनमा भारी पराजयका कारण राजीनामा दिने दबाब बढ्दै गएको थियो।

यसका साथै यौन अपराधी जेफ्री एपस्टिनसँग निकट सम्बन्ध रहेको आरोप लागेका पूर्ववरिष्ठ सल्लाहका पिटर म्यान्डेल्सनलाई अमेरिकाको राजदूतमा नियुक्त गरेको उनीमाथि आरोप लागेको थियो।

स्टार्मरको राजीनामासँगै बेलायतमा १० वर्षमा छैटौँ प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। बेलायती कानुनले आम निर्वाचनविना नै प्रधनमन्त्री फेर्न सकिने भए पनि बारम्बार नेतृत्व परिवर्तनले बेलायतमा राजनीतिक अस्थिरता बढ्दै गएको छ।

प्रकाशित: ८ असार २०८३ १५:२५ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast