रास्वपाको महाधिवेशनमा गगनले के भने?

हिमाल प्रेस ७ असार २०८३ १७:४३ | Sunday, June 21, 2026
24
SHARES
रास्वपाको महाधिवेशनमा गगनले के भने?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमै प्राप्त गरेको जनसमर्थनलाई ‘लोभलाग्दो’ भन्दै प्रशंसा गरेका छन्।

रास्वपाको पहिलो महाधिवेशनलाई शुभकामना दिन पुगेका सभापति थापाले पार्टी गठन भएको करिब चार वर्षमै देखिएको जनमत असाधारण रहेको टिप्पणी गरे।

‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ, यो लोभलाग्दो छ। म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ उनले भने।

थापाले इतिहासमा यस्तो स्तरको जनसमर्थन राजनीतिक दलहरूले विरलै प्राप्त गर्ने उल्लेख गर्दै तीमध्ये धेरै अनुभवहरू अन्ततः दुर्घटनामा पुगेको पनि स्मरण गरे।

उनले संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रामा रास्वपाका नेता रवि लामिछाने र बालेन शाहले देखाएको नेतृत्व क्षमताको पनि प्रशंसा गरे।

‘उहाँहरूले कुशलतापूर्वक नेतृत्व गर्नुभयो र तपाईंहरूले साथ दिनुभयो, त्यसका लागि तपाईंहरू सबै बधाइका पात्र हुनुहुन्छ,’ थापाले भने।

प्रकाशित: ७ असार २०८३ १७:४३ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast