चितवनमा यसरी तयार हुँदैछ रास्वापा महाधिवेशन स्थल (तस्बिरहरू)

हिमाल प्रेस ५ असार २०८३ १५:५५ | Friday, June 19, 2026
12
SHARES
चितवनमा यसरी तयार हुँदैछ रास्वापा महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौँ- अबको दुई दिनपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन हुँदैछ। पार्टी स्थापना भएपछि पहिलोपटक रास्वपाले महाधिवेशन गर्न लागेको हो।

रास्वपाले चितवनको भरतपुरमा महाधिवेशन गर्न लागेको हो। यसअघि चितवनकै रत्ननगरस्थित होटल स्टारमा गर्ने भनिए पनि रास्वपाले महाधिवेशन स्थल परिवर्तन गरेको हो।

महाधिवेशन असार ७ देखि ९ गतेसम्म हुनेछ। दुई दिनमात्र बाँकी छँदा सम्पूर्ण रास्वपा महाधिवेशनको तयारीमा जुटेको छ।

पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ। त्यस्तै बन्दसत्र उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ।

उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा सर्वसधारण उपस्थित हुने आकलन गरिएको छ। रास्वपाका नेताहरूका अनुसार उद्घाटन सत्रमा ५० हजारको उपस्थिति रहने अनुमान गरिएको छ।

पार्टीको चिवतनवस्थित स्थानीय जिल्ला र नगर कमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाधिवेशन तयारीको काम भइरहेको छ। महाधिवेशन समपन्न गर्न गठित १८ वटा उपसमिति आ–आफ्नो काममा व्यस्त रहेका छन्।

पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ। बन्दसत्रमा देशभरका करिब तीन हजार प्रतिनिधि सहभागी हुने बताइएको।

तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनले रास्वापको नयाँ नेतृत्व चयन गर्नेछ।

तस्बिरहरू : मिडिया स्पेस

प्रकाशित: ५ असार २०८३ १५:५५ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast