ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री लम्साल : जिम्मेवार बनाउने प्रयासमात्र गरेको हो

हिमाल प्रेस ४ असार २०८३ १६:१४ | Thursday, June 18, 2026
6
SHARES
ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री लम्साल : जिम्मेवार बनाउने प्रयासमात्र गरेको हो

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो बर्ष केही आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताए। उनले पहिलो वर्षमा आयोजनाहरुमा छुट्टाइएको बजेट कम भए रकमान्तर गरेर भए पनि पूर्ति गरिने उल्लेख गरे।

मन्त्री लम्सालले मन्त्रालयको बजेट करिव ३ खर्बको रहे पनि आगामी आर्थिक वर्षमा १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको बताए। उनले संघीय सरकारको क्षेत्रमा पर्ने सडक निर्माणका लागि पर्याप्त बजेट बिनियोजन भएको र सांसदहरुको मागका आधारमा सबै क्षेत्रलाई प्राथमिकता राखेको धारणा राखे।

काम नगर्ने ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्तिप्रति मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउने प्रयास मात्रै आफूले गरेको र कसैलाई दुःख दिने आशय नभएको स्पष्ट पारे।

उनले ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा ठेक्का रद्द गर्नुपर्ने र यसका कारण समय र स्रोत समेत खेर जाने अवस्था आउनसक्ने भएकाले सचेत गराएको बताए।

प्रकाशित: ४ असार २०८३ १६:१४ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast