प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमाथि संसद्‌मा फेरि विवाद, रेकर्ड हटाउन माग

हिमाल प्रेस २ असार २०८३ १२:३१ | Tuesday, June 16, 2026
26
SHARES
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमाथि संसद्‌मा फेरि विवाद, रेकर्ड हटाउन माग सिंहदरबारस्थित संघीय संसद् भवनमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठक। तस्बिर:प्रदीपराज वन्त/रासस

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विरोध तथा स्पष्टीकरणको माग गरिएको छ। सांसदहरूले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने मागसमेत दोहोर्‍याएका छन्।

नेकपा सांसद प्रमेश हमालले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दिएको भनाइसँग सम्बन्धित विषयमा सरकारसँग जवाफ माग गरे। नेपालले भारतको भूमि मिचेको भन्ने प्रसंगपछि आएको प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसद्मा छलफल गर्दै उनले सरकारको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने बताए।

सांसद हमालले प्रधानमन्त्रीको अभिव्यक्ति पटकपटक चर्चामा आइरहेकाले केवल विरोध गरेर मात्र नहुने र एउटै शैली दोहोरिने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे।

उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई लक्षित गर्दै त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग कुनै छलफल भएको छ कि छैन भन्नेबारे जानकारी दिन आग्रह गरे।

उनले सुस्तामा भारतीय नागरिकको प्रवेश, दार्चुलामा नेपाली आकाशमा हेलिकप्टर प्रवेश तथा नेपाली चिया निर्यातमा देखिएको अवरोधजस्ता सीमा र सार्वभौमिकतासम्बन्धी घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

त्यसैगरी कांग्रेसकी सांसद रेखाकुमारी यादवले परराष्ट्रमन्त्रीका भनाइहरू केटाकेटीलाई ललिपप देखाएजस्तो भएको टिप्पणी गर्दै ठोस जवाफ आवश्यक रहेको बताइन्।

एमालेकी सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याइन्।

प्रकाशित: २ असार २०८३ १२:३१ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast