कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

हिमाल प्रेस १ असार २०८३ २०:३६ | Monday, June 15, 2026
16
SHARES
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

काठमाडौँ- कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटअनुसार पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार र चालुतर्फ आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा सात दशमलव २८ प्रतिशतले वृद्धि भएको हो।

योजनामन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ ५० करोड र स्थानीय तहमा वित्तीय हस्तारणतर्फ पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार रकम विनियोजन गरिएको छ।

आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ८५ करोड पाँच लाख ९० हजार र चालु आवको खर्च नभई बचत हुने रकम छ अर्ब ४१ करोड ५१ लाख नौ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुने रकम १० अर्ब ६६ करोड ५० लाख ४९ हजार राखिएको छ।

वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट पाँच अर्ब ६७ करोड २५ लाख, संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

संघीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि अपुग रकमबाट स्रोत परिचालन गरिने योजनामन्त्री शाहले जानकारी दिए।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।

प्रकाशित: १ असार २०८३ २०:३६ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast