सोमपाल, गुल्सन, नन्दनसहितका ७ पुराना खेलाडीले कर्णाली याक्सबाटै एनपीएल खेल्ने

हिमाल प्रेस ३१ जेठ २०८३ ९:३० | Sunday, June 14, 2026
4
SHARES
सोमपाल, गुल्सन, नन्दनसहितका ७ पुराना खेलाडीले कर्णाली याक्सबाटै एनपीएल खेल्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले युवा लेगस्पिनर युवराज खत्री सहितका ७ खेलाडीलाई रिटेन गरेको छ । उनीहरू आउँदो सिजन पनि कर्णालीबाटै खेल्ने छन्।

कर्णाली तेस्रो संस्करणको एनपिएलका लागि युवराज सहित कप्तान सोमपाल कामी, अलराउण्डर पवन सरार्फ, अलराउण्डर गुल्सन झा, तीव्रगतिका बलर नन्दन यादव, ब्याटर दिपक डुम्रे र बलर युनि विक्रम सिंह ठकुरीलाई रिटेन गरेको छ ।

कर्णालीले पहिलो संस्करणको एनपिएलमा युवा प्रतिभाको रुपमा ट्यालेन्ट हन्ट मार्फत टिममा भित्र्याएको विपिन शर्मालाई भने रिलिज गरेको छ ।

कर्णालीले विपिन सहितका अर्जुन घर्ती, दीपेन्द्र रावत, मनिष थापा, इम्रान शेखलाई भने रिलिज गरेको छ । रिलिज गरिएका विपिन, अर्जुन र दीपेन्द्र कर्णाली प्रदेशकै हुन् । यसअघि दुई संस्करण नै तीनै खेलाडीले कर्णाली याक्सबाटै खेलेका थिए ।

पहिलो संस्करणमा प्लेअफमा स्थान बनाएको कर्णाली दोस्रो संस्करणमा भने छैटौं स्थानमा रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast