दिवा खाजामा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न सांसद कर्णको माग

हिमाल प्रेस २९ जेठ २०८३ १५:०८ | Friday, June 12, 2026
30
SHARES
दिवा खाजामा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न सांसद कर्णको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले विद्यालयमा बालबालिकाले पाउने दिवा खाजामा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नक्कली बिल बनाएर विद्यालयको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका हुन्।

सांसद कर्णले बालबालिकाको खाजामा भइरहेको भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन्।

मधेशका जिल्लाहरूमा विगत केही वर्षदेखि विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको भन्दै उनले बालबालिकाको खाजामा भइरहेको डकैती गर्नेमाथि छानबिन गर्न माग गरेका हुन्।

सप्तरी जिल्लाको प्रसंग निकाल्दै उनले नक्कली बिन बनाइ सेटिङ गरी भ्रष्टाचार भएको जिकिर गरे।

‘सप्तरी जिल्लाका केही विद्यालयमा दिवा खाजा रकम स्थानीय सरकारले निकासा नगरेको र निकासा गरेको ठाउँमा पनि नक्कली बिल बनाइ सेटिङ गरी भ्रष्टाचार भएको स्थानीय पत्रपत्रिकार र सञ्चारमाध्यमले उल्लेख गर्न थालेका छन्,’ कर्णले भने,‘बालबालिकाको खाजामा भइरहेको डकैती गर्नेमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु।’

प्रकाशित: २९ जेठ २०८३ १५:०८ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast