एनसेल डाटा सेन्टरलाई विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए ९४२ प्रमाणीकरण’

हिमाल प्रेस २८ जेठ २०८३ २१:३९ | Thursday, June 11, 2026
4
SHARES
एनसेल डाटा सेन्टरलाई विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए ९४२ प्रमाणीकरण’

काठमाडौँ- एनसेलले सञ्चालन गरिरहेको अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित ‘एनएसआई÷टीआईए ९४२ सी रेटेड ३ डिजाइ एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेसन’ प्राप्त गरेको छ।

यो प्रमाणीकरण पाउने एनसेल डाटा सेन्टर नेपालकै पहिलो भएको कम्पनीले जनाएको छ। इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिने यो पूर्वाधार नेपाल सरकारद्वारा सूचिकृत नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा पनि हो।

यो टीआर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको उच्च विश्वसनीयता, सुरक्षा र गुणस्तरलाई प्रमाणित गरेको छ। ‘रेटेड ३’ को मापदण्डअनुसार यस डाटा सेन्टरमा अत्यावश्यक र संवेदनशील कार्यहरू विनाकुनै अवरोध सञ्चालन गर्न सकिने उच्च क्षमता छ।

पूर्वनिर्धारित मर्मत वा आस्मिक घटनाहरूको समयमा पनि सेवा अवरुद्ध नहुने गरी यसमा पूर्ण रुपमा ब्याकअप विद्युत आपूर्ति, कुलिङ र नेटवर्क जडान प्रणाली गरिएको छ। जसका कारण यो डाटा सेन्टर लगभग ९९.९८२ प्रतिशत उपब्ध रहने सुनिश्चितता प्रदान गर्दछ।

यो मूल्यांकन टेलिकम्युनिकेसन इन्डस्ट्रए एसोसिएसनबाट अधिकारप्राप्त अडिट संस्था ‘डाा सेन्टर मिडिया एलएलपी’ ले गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो प्रमाणीकरण एनसेल र समग्र नेपालका लागि एक कोशेढुंगा भएको बताएका छन्।

प्रकाशित: २८ जेठ २०८३ २१:३९ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast