अझै सुरु भएन प्रतिनिधिसभा बैठक, अवरोध खुलाउने तयारीमा नेताहरू

हिमाल प्रेस २७ जेठ २०८३ १३:०० | Wednesday, June 10, 2026
22
SHARES
अझै सुरु भएन प्रतिनिधिसभा बैठक, अवरोध खुलाउने तयारीमा नेताहरू सभामुख डोलेन्द्रप्रसाद अर्याल

काठमाडौँ- प्रतिनिधिसभाको बैठक मध्याह्न १२ बजिसक्दा पनि सुरु भएको छैन।

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन्।

विपक्षी दलले नेपाल-भारत सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका छन्।

प्रकाशित: २७ जेठ २०८३ १३:०० | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast