राष्ट्रियसभा बैठक पनि स्थगित

हिमाल प्रेस २६ जेठ २०८३ १४:४६ | Tuesday, June 9, 2026
18
SHARES
राष्ट्रियसभा बैठक पनि स्थगित

काठमाडौँ-  अवरोधका कारण राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी बोलाएका छन्।

मंगलबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै उठेर विरोध जनाए। अध्यक्ष दाहालले बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न गरेको आग्रहविपरीत सांसदले उठेर विरोध गरेपछि बैठक स्थगित भएको घोषणा गरे।

जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रश्नोत्तर गरेपछि दुवै सभाका बैठक अवरुद्ध हुँदै आएका छन्।

प्रकाशित: २६ जेठ २०८३ १४:४६ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast