काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन् सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो, ‘भो, यस्तो सुशासन चाहिँदैन।’
नेकपा एमालेले पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सदनमा समेत अवरोध गर्दै आएको छ।

प्रकाशित: २६ जेठ २०८३ १०:१३ | Tuesday, June 9, 2026
प्रतिक्रिया




