हिजो स्थगित प्रतिनिधिसभाको बैठक बस्दै, के अवरुद्ध नहोला त?

हिमाल प्रेस २६ जेठ २०८३ ७:१३ | Tuesday, June 9, 2026
20
SHARES
हिजो स्थगित प्रतिनिधिसभाको बैठक बस्दै, के अवरुद्ध नहोला त? सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ।

बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएकोले आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्ने–नगर्ने निश्चित भने छैन।

प्रकाशित: २६ जेठ २०८३ ७:१३ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast