खैरोहिरोइन र नगदसहित समातिए धरानका युगसाङ राई

हिमाल प्रेस २५ जेठ २०८३ २१:४८ | Monday, June 8, 2026
6
SHARES
खैरोहिरोइन र नगदसहित समातिए धरानका युगसाङ राई

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँको टोखाबाट खैरोहिरोइन र नगद रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरोहिरोइन र रु एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौँको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनले कोठामा लुकाइ रोखेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा खैरोहिरोइन र नगद फेला परेको जानकारी दिए।

पक्राउ परेका राईबाट खैरोहिरोइन, नेपाली रुपैयाँका साथै दुई हजार २०० भारतीय रुपैयाँ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: २५ जेठ २०८३ २१:४८ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast