सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

हिमाल प्रेस २५ जेठ २०८३ २०:३१ | Monday, June 8, 2026
16
SHARES
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीनजना नयाँ मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री शाहको सिफारिसमा सामाजिक विकासमन्त्रीमा बेलबहादुर राना मगर, आर्थिक मामिलामन्त्रीमा विक्रमसिंह धामी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा मानबहादुर रावललाई नियुक्त गरेका हुन्।

नियुक्त भएका मन्त्रीहरूलाई सोमबार नै प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

त्यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा मधु भारती र आर्थिक मामिला राज्यमन्त्रीमा जुना दानी नियुक्त भएका छन्। उनीहरूलाई मुख्यमन्त्री शाहले शपथ ग्रहण गराएका हुन्।

यस पुनर्गठनसँगै मुख्यमन्त्री शाहको मन्त्रिपरिषद्बाट बालबहादुर सिंह ठकुरी, मेघराज खड्का, शिवराज भट्ट, प्रकाश बम र सरस्वती खड्का बाहिरिएका छन्।

मुख्यमन्त्री शाह नेपाली कांग्रेसका नेता हुन् र कांग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्।

नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्री सबै नेपाली कांग्रेसबाटै रहेका छन्। एमालेभित्र आफ्ना मन्त्रीहरू पनि परिवर्तन गर्नुपर्ने माग उठे पनि एमाले नेतृत्वले हालसम्म कुनै निर्णय गरेको छैन।

प्रकाशित: २५ जेठ २०८३ २०:३१ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast