डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

हिमाल प्रेस २५ जेठ २०८३ १८:२० | Monday, June 8, 2026
14
SHARES
डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

काठमाडौँ– डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ।

साथै डा. डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ। सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गरेका हुन्। राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।

पुरस्कार प्राप्त डा. गौरीशंकर लाल दास चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। त्यस्तै डा. रामप्रसाद पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति संघको स्थापना र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन र संस्थागत क्षमता विकासलगायत क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ।

कार्यक्रममा पुरस्कार छनोट तथा शिक्षा र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप प्राडा. मोहन लोहनी, प्राडा. जयराज आचार्य र प्राडा. प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो।

पुस्तकालय विकास समितिकी अध्यक्ष प्राडा. विणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्रकिरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराएकी थिइन्।

समितिले हालसम्म १२ पटकसम्म यो पुरस्कार प्रदान गरिसकेको छ।

प्रकाशित: २५ जेठ २०८३ १८:२० | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast