‘लालीबजार’को कमाइ साढे ८ करोडकोमाथि, ‘परालको आगो’को कमाइ ४ करोड २७ लाख

हिमाल प्रेस २५ जेठ २०८३ १२:५९ | Monday, June 8, 2026
6
SHARES
‘लालीबजार’को कमाइ साढे ८ करोडकोमाथि, ‘परालको आगो’को कमाइ ४ करोड २७ लाख

काठमाडौँ- गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा साढे ८ करोडको आँकडा पार गरेको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २४ गते (आइतबार)सम्मको कमाइ विवरणमा फिल्मले २ लाख ९८ हजार २२७ वटा टिकट बिक्री गर्दै ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस कमाइ गरेको उल्लेख छ।

‘लालीबजार’ले जेठ १६ गते (शनिबार)सम्म ७ करोड ९० लाख ३१ हजार ४३७ रुपैयाँ ग्रस कमाएको थियो । यसरी हेर्दा फिल्मले पछिल्लो ८ दिनमा ८७ लाख ७३ हजार ७६१ रुपैयाँ कमाएको छ । प्रदर्शनको पाँचौं हप्तामा आइसकेको फिल्मले अझै पनि हप्तामा लगभग ९० लाखको व्यापार गर्नु उत्साहजनक हो । यही रफ्तार रहे फिल्मलाई १० करोडको आँकडा टाढा छैन।

‘लालीबजार’पछि यस वर्ष दोस्रो धेरै कमाइ ‘परालको आगो’ले गरेको छ । जेठ १६ गतेसम्म ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ ग्रस व्यापार गरेको यो फिल्मले त्यसपछिको ८ दिनमा २७ हजार कमाएको बोर्डको तथ्यांकमा देखिन्छ । योसँगै फिल्मको कुल कमाइ ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ पुगेको छ । यसका १ लाख ५४ हजार १३६ वटा टिकट बिक्री भएका छन्।

‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ, ‘रोल नं १ ले ९४ लाख ९१ हजार ६८० रुपैयाँ, ‘काजी’ले ४४ लाख ३८ हजार ९८५ रुपैयाँ, ‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ रुपैयाँ र ‘कुम्भ’ले ३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ । यस वर्ष प्रदर्शन भएका फिल्ममध्ये ‘कुम्भ’ले गरेको कमाइ सबैभन्दा न्यून हो।

प्रकाशित: २५ जेठ २०८३ १२:५९ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast