रविले डाकेको बैठकमा हर्क साम्पाङका दलका प्रतिनिधि अनुपस्थित

हिमाल प्रेस २५ जेठ २०८३ ११:३७ | Monday, June 8, 2026
6
SHARES
रविले डाकेको बैठकमा हर्क साम्पाङका दलका प्रतिनिधि अनुपस्थित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार बसेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो। तर, श्रम संस्कृति पार्टीका तर्फबाट कुनै पनि प्रतिनिधि उपस्थित नभएका हुन्। रास्वपा सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो।

तर, श्रम संस्कृति पार्टीको अनुपस्थितिसँगै सबै दलहरूको सहभागिता भने सुनिश्चित हुन सकेन ।

प्रकाशित: २५ जेठ २०८३ ११:३७ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast