झापा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले नयाँ जिल्ला समिति गठन गरेको छ। नवगठित समितिको सभापतिमा ओमनाथ भण्डारी चयन भएका छन्।
समितिको उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुवेदी तथा सहसचिवमा भीम कुँवर चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा डिल्लीराम न्यौपाने, राजनारायण राजवंशी र शान्तिमाया न्यौपाने रहेका छन्।
जिल्लाभित्र संगठन विस्तार तथा गतिविधि प्रभावकारी बनाउन विभिन्न निर्वाचन क्षेत्रका लागि क्षेत्रीय समन्वयक समेत तोकिएका छन्। क्षेत्र नं.१ को समन्वयकमा कमल गौतम, क्षेत्र नं.२ मा गोपाल कटुवाल, क्षेत्र नं.३ मा कमल बनियाँ, क्षेत्र नं.४ मा लिलामाया बस्नेत तथा क्षेत्र नं.५ मा चुडामणि पाठकलाई जिम्मेवारी दिइएको छ।
नवगठित समितिले पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा जिल्लास्तरमा पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।




