रविले बोलाएको सर्वदलीय बैठक आज बस्दै

हिमाल प्रेस २५ जेठ २०८३ ६:२२ | Monday, June 8, 2026
10
SHARES
रविले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएको छ।

रास्वपाका सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सोमबार बिहान ९ बजेका लागि यो बैठक आह्वान गरेका हुन्।

उक्त सर्वदलीय छलफल सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच संवाद हुने बताइएको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन आमन्त्रण गरिएको जानकारी बुर्लाकोटीले दिए।

संसद्मा रहेका दलहरू एकै ठाउँमा बसेर संवाद गर्दा विद्यमान राजनीतिक गतिरोध अन्त्य र राष्ट्रिय मुद्दामा सहमति जुटाउन सहज हुने विश्वास रास्वपाले लिएको छ।

 

प्रकाशित: २५ जेठ २०८३ ६:२२ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast